शनिबार, भाद्र २७ गते २०८३
images

सामुदायिक विद्यालयहरूको भौतिक विवरण  २१ दिनभित्र पठाउन शिक्षामन्त्रालयको अनुरोध

एक्सप्रेस पाना
चैत्र १९, २०८० सोमबार
  • 322
    SHARES
  • सामुदायिक विद्यालयहरूको भौतिक विवरण  २१ दिनभित्र पठाउन शिक्षामन्त्रालयको अनुरोध

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्लाकै सार्वजनिक तथा सामुदायिक विद्यालयहरूको भौतिक विवरण पठाउन विद्यालयहरुलाई पत्राचार गरेको छ।

    images

    स्थानीय तहको सहयोग र समन्वयमा सामुदायिक विद्यालयको नाम, ठेगाना, जग्गाको कित्ता नम्बर र क्षेत्रफल, विद्यालयको नाममा दर्ता भए नभएको विवरण तथा जग्गाको प्रयोगको अवस्थासहित लालपुर्जा, फिल्ड बुक र नक्सा समेतको विवरण २१ दिनभित्र मन्त्रालयमा पठाउन पत्राचार गरिएको मन्त्रालयले जनाएको छ।

    विद्यालयका जग्गा अतिक्रमणमा परेको, सार्वजनिक विद्यालयका जग्गा विभिन्न पक्षले हडपेको र पहुँचवालाहरूले दुरूपयोग गरिरहेको लगायतको गुनासो प्राप्त गरेपछि शिक्षा मन्त्री सुमना श्रेष्ठले देशभरीका विद्यालयको जग्गा विवरण माग्न निर्देशन दिएकी हुन्।

    images

    मन्त्रालयको तथ्यांक प्रणालीमा विद्यालयको भौतिक विवरण पूर्ण रूपमा समावेश नभएका कारण शैक्षिक नीति, योजना, कार्यक्रम र बजेट प्रणालीमा समस्या देखिएकाले विवरण तत्काल संकलन गर्न शिक्षा मन्त्री सुमना श्रेष्ठले निर्देशन दिएकी थिइन्।