काठमाडौं । महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ।
सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले रायाविरुद्ध उजुरी दिन १० दिनको समय दिएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिएका हुन्।
आइतबार बसेको संवैधानिक परिषद्ले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रायाको नाम महालेखा परीक्षकको लागि सिफारिस गरेको हो। गत जेठ १० गते महालेखा परीक्षक टंकमणि शर्माको पदावधि सकिएपछि सो पद रिक्त थियो।
.jpg)


