काठमाडौं । नेपाली कांग्रेसले सांसदले ‘संसदीय छानबिन समिति बनाऊ भन्दा सत्ता गठबन्धन र गृहमन्त्री रवि लामिछाने किन आत्तिएको ?’ भन्दै प्रश्न गरेको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद प्रतिमा गौतमले समिति बनाइँदा कांग्रेस सांसद मात्र समितिमा बस्ने हो र डराएको रु भन्दै प्रश्न गरेकी हुन् ।
उनले भनिन् “समिति बनाउने विषयलाई धेरै बहसको विषय नबनाऊँ । यसलाई आरोपलाई प्रस्ट पार्ने अवसरको रूपमा लिनुपर्छ । समिति बनाउने वातावरण बनाऊँ,”। “दोषी भए कारबाही गरौँ । नभए पुनः गृहमन्त्री भएर आउनुहुन्छ । उहाँलाई कांग्रेसले सहयोग गर्छ ।”
उनको आरोप गृहमन्त्री र प्रहरी प्रशासनमाथि लागेकाले अनुसन्धान अवधिभर गृहमन्त्री बाहिर बस्नुपर्ने र सहयोग गर्नुपर्ने भनाइ छ।
गठबन्धनमा आबद्ध दलहरू गृहमन्त्रीलाई जोगाउनुपर्ने मानसिक पीडामा रहेको बताइन् ।
“गृहमन्त्री गुमाउनुपर्छ कि भन्ने मानसिक पीडामा सरकार छ । व्यक्ति बचाउ धर्म हो भनेर सतिसाल बनेर उभिएको छ गठबन्धन ।” उनले भनिन्
.jpg)


