काठमाडोैं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले रुसमा जान श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेमा आपत्ती जनाएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै पौडेलले अहिलेको अवस्थामा रुस जान रोक लगाउनुपर्नेमा सरकारले नै श्रम स्वीकृत खुल्ला गरेको भन्दै आपत्ती जनाएका हुन् । उनले मानवतस्करलाई अनुकूल हुनेगरी श्रम स्वीकृति दिनुमा गम्भीर स्वार्थ लुकेको बताए ।
उनले भने, "यति बेला श्रम मन्त्रालये श्रम स्वीकृति किन दियो रु मानव तस्करलाई अनुकूल हुने गरी किन दियो ? यसभित्र गम्भीर स्वार्थ लुकेको देखेका छौँ ।” “१८ घण्टा काम गर्दा पनि ४० हजार बढी कमाउन सक्दैन । पैसा कमाइन्छ भन्ने झुटो हो । त्यसैले उनीहरू सेनामा भर्ती हुन जान्छन्,” ‘नेपालीहरु रुसी सेनामा छन् भन्ने सरकारलाई थाहा छ । तर कति संख्यामा छन् रु उनको अवस्था के छ रु आफन्तहरु कसरी बासिरहेका छन् भन्नेमा सरकार बेखबर छ’ उनले भने, ‘बेखबर मात्र होइन, सरकारले खोजी गर्ने चेष्टा नै गरेको छैन ।"
रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकार असफल भएको भन्दै अन्तराष्ट्रिय समूदायसँग आग्रह गर्न सुझाव दिए ।
.jpg)


