मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नागरिक उन्मुक्ति पार्टीले गर्यो दुई प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन

एक्सप्रेस पाना
चैत्र २०, २०८० मंगलबार
  • 249
    SHARES
  • नागरिक उन्मुक्ति पार्टीले गर्यो दुई प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले दुई प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन् । 

    images

    अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेको पत्र पठाएकी हुन् ।

    सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेका बेला पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै पार्टी विधानअनुसार पदमुक्त गरी पार्टीबाट निष्काशन गरिएको अध्यक्ष श्रेष्ठद्वारा सोमबार जारी विज्ञप्तीमा उल्लेख छ ।  

    images

    अध्यक्ष रञ्जिता संघदेखि प्रदेशसम्म नवगठित सत्ता समीकरणमा सामेल हुने पक्षमा छिन् भने संरक्षक रहेका पति रेशम चौधरी सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारै पक्षमा छन् ।  पार्टी भित्रको विवाद उग्र बन्दै गएपछि संरक्षक रेशम चौधरीले २३ गतेका लागी बैठक बोलाएका छन् ।

    naupa.png