काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारीको रकम अनिमियताबारे छानबिनका निम्ति संसदीय समिति बनाउन माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले संसदीय छानबिन समिति बनाएर निष्पक्ष अनुसन्धान नगरिए गृहमन्त्री रवि लामिछानेमाथि जिन्दगीभर ठगीको आरोप लागिरहने बताएका हुन् ।
उनले भने, "सकेसम्म चाँडो छानबिन समिति बनाएर आरोपलाई टुंगोमा पुर्याउन सहयोग गर्नुहोस् । यो आरोपमा निष्पक्ष छानबिन गरेर सत्य तथ्य बाहिर नल्याएको सम्बन्धमा यो आरोपले तपाईँलाई कहिल्यै छोड्नेछैन । जिन्दगीभर लखेट्ने छ । त्यसकारण समिति बनाएर यो विषयमा अनुसन्धान हुने कुरा यो तपाईँकै हितमा हुन्छ, । "
सांसद यादवलेले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र रास्वपाकै सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि हाम्रो नयाँ कृषि सहकारी संस्थामा हुँदा निक्षेपकर्ताको चार करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नदिएको बताए ।
उनले भने, "मन्त्री डिपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निपेक्षकर्ताले ४ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको विषय छ,’ । ‘सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए । सो सहकारीमा पनि अस्वाभाविक रुपमा गोर्खा मिडियाका अध्यक्ष जीवी राईलाई भित्र्याइएको छ । त्यो काम श्रममन्त्रीको हो भन्ने छ । यो सहकारीको छानबिनलाई पनि प्रभावित पार्न खोजिएको भन्ने छ । निष्पक्ष छानबिन आवश्यक छ । संसदीय समिति बनाऔँ ।"
.jpg)


