मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कारागारमा सुधार गर्न लगिएका कैदीबन्दीहरू सुधार भएर आउने अवस्था छैन :सोविता गौतम

एक्सप्रेस पाना
चैत्र २०, २०८० मंगलबार
  • 237
    SHARES
  • कारागारमा सुधार गर्न लगिएका कैदीबन्दीहरू सुधार भएर आउने अवस्था छैन :सोविता गौतम

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको र उनीहरूको न्यूनतम मानवअधिकार पनि हनन् भएको बताएकी छन् । 

    images

    मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले अनुगमनमा जाँदा क्षमताभन्दा बढी कैदीबन्दीहरु राखेको भेटिएको बताएकी हुन् ।  उनले भनिन् ,"नहुने धारणा राखिन् । “कारागार अनुगमनमा जाँदा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखेको भेटियो । कैदीबन्दीमा पनि उत्पादनशिल हुन पाएनौँ भन्ने गुनासो थियो,” । 

    सांसद गौतमले यस्ता अवस्थाको कारागार सुधार गृहमा परिणत हुन नसक्ने बताइन् । उनले कारागारबाट सुध्रिएर नभई आपराधिक मानसिकता बनाएर  निस्कने खतरा बढेको उल्लेख गरिन । 

    images

    “सुधार गर्न भनेर लगिएकाहरू सुधार भएर आउने अवस्था छैन । राज्यको उद्देश्य पूर्ति होला जस्तो छैन । उनीहरू डिप्रेसन भएर आउने देखिन्छ बाहिर निस्किएपछि आपराधिक घटना घटाउँछन् भन्ने देखिन्छ,” । “७०० ग्राम चामल र ८० रुपैयाँ हरेक दिन दिने गरेको छ । कैदीहरू पनि उत्पादनशिल भएनन् । उहाँहरूले पोषणयुक्त खान पाउनुभएको छैन । यहाँ कुरा मिलेन ।” उनले भनिन् । 

    सांसद गौतमले कारागारमा पिउने पानीको समस्या, छालाको रोग छ, शौचालय र सुत्ने कोठाको अभाव भएको र न्यूनतम मानव अधिकार समेत नरहेको बताइन्।