मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जलवायु अनुकूलनलाई प्राथमिकता दिएर सरकारले काम गरिरहेको छ :वन तथा वातावरणमन्त्री सुडी

एक्सप्रेस पाना
चैत्र २०, २०८० मंगलबार
  • 273
    SHARES
  • जलवायु अनुकूलनलाई प्राथमिकता दिएर सरकारले काम गरिरहेको छ :वन तथा वातावरणमन्त्री सुडी

    काठमाडौं । वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले जलवायु अनुकूलनलाई प्राथमिकता दिएर सरकारले राष्ट्रिय अनुकूलन योजना तयार पारेर कार्यान्वयन गरिरहेको बताएका छन् ।

    images

    मंगलवारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री सुडीले जलवायु अनुकूलनलाई प्राथमिकता दिएर सन् २०५० सम्मको लागि मध्यमकालिन र दीर्घकालीन रणनीतिसहितको राष्ट्रिय अनुकूलन योजना तयार भई कार्यान्वयनमा रहेको बताएका हुन् ।

    उनले यस योजनामा आठ विषयगत क्षेत्र र दुई अन्तरसम्बन्ध क्षेत्रमा ६४ वटा प्राथमिकताप्राप्त कार्यक्रमहरू पहिचान गरिएको जानकारी दिए । उनले नेपाल सरकारले सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य सहितको दीर्घकालीन रणनीति लागू गरेको पनि बताए । 

    images

    उनले भने "नेपाल जलवायु परिवर्तनको दृष्टिले उच्च जोखिममा रहेको मुलुकमा पर्दछ । यसैले जलवायु अनुकूलनलाई प्राथमिकता दिएर सन् २०५० सम्मको लागि मध्यमकालिन र दीर्घकालीन रणनीतिसहितको राष्ट्रिय अनुकूलन योजना तयार भई कार्यान्वयनमा रहेको छ । यस योजनामा आठ विषयगत क्षेत्र र दुई अन्तरसम्बन्धित क्षेत्रमा ६४ वटा प्राथमिकताप्राप्त कार्यक्रमहरू पहिचान गरिएको छ । नेपाल सरकारले सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य सहितको दीर्घकालीन रणनीति लागू गरेको छ।"
     
    मन्त्री सुडीले अन्तर्राष्ट्रिय जलवायु संयन्त्रहरूमा पहुँच बढाइ जलवायु वित्तको प्रभाव बढाउने र पर्वतीय मुलुकहरू र हिमाली क्षेत्रमा परेको जलवायुका असरहरूसँग जुध्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

    उनले भने "अन्तर्राष्ट्रिय जलवायु संयन्त्रहरूमा पहुँच बढाइ जलवायु वित्तको प्रभाव बढाउने र पर्वतीय मुलुकहरू र हिमाली क्षेत्रमा परेको जलवायुका असरहरूसँग जुध्न समेत क्षमता विकास गर्न नेपाल सरकार प्रतिबद्ध छ । वातावरणमा हाम्रो बजेट कम छ । हाम्रो देशमा उद्योगहरू छैन । उत्खनन भएको छैन । कार्बनडाइअक्साइड कम उत्पादन गर्छौ, अक्सिजन बढी छ । वातावरणलाई राम्रो बनाउनका लागि अन्तर्राष्ट्रिय क्षेत्रहरूमा पनि हामीले कोप २८ मा पनि हामीले आफ्नो देशको सम्बन्धमा राख्यौँ । युएनओको सचिवले पनि हाम्रो देशको सम्बन्धमा स्वीकार गर्नुभएको छ ।"

    उनले वातावरण व्यवस्थापनको सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरबाट आउने वित्तमा कमी नहुने विश्वास व्यक्त गरे ।