काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले एकतामा मात्रै समाजवादको आधार तयार पार्ने तागत रहेको बताएका छन् ।
मंगलबार समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा दाहालले समाजवादको आधार तयार पार्ने उद्देश्यले नै जोखिम मोलेर सत्ता सहकार्य फेरिएको बताएका हुन् ।
उनले पुँजीवादी र प्रतिक्रियावादीले जित्दै गए संविधान अझै प्रतिगामी हुँदै जाने खतरा रहेको बताए।
“संविधान पूर्ण छ भनेर कहिल्यै भनेका छैनौँ । यो सम्झौताकै दस्तावेज हो । त्यहाँ थुप्रै पुँजीवादका विशेषता पनि छन् । थुप्रै समाजवादका विशेषता पनि छन् । समाजवादी धारा र प्रवृतिका पार्टीले जित्दै जाँदा संविधान समाजवादतिर अग्रसर हुँदै जान्छ । पुँजीवादी र प्रतिक्रियावादीले जित्दै गए भने यो संविधान अझै प्रतिगामी हुँदै जाने खतरा छ ।”
समाजवादीलाई तीव्र गतिमा अघि बढाउन सक्ने देश नेपाल नै भएको बताउंदै प्रधानमन्त्री दाहालले समाजवाद सडकबाट नै जन्मने पनि बताए ।
उनले भने,अन्ततः समाजवाद जन्मने भनेको सडकबाटै हो । किनकि जनता सडकमै हुन्छ,” । , “सडकबाट जनताले जन्माउने हो समाजवाद । पार्टीहरू जनतासँग जोडिए मात्रै शक्तिशाली हुने हो ।”
अहिले मोर्चामा रहेका तीन दल सरकारमा रहेको र एक दल सडकमा रहेकाले यो सहकार्य आफैँमा मौलिक रहेको उनको भनाइ छ ।
.jpg)


