काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ २७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ।
आज अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ।
आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६७ पैसा निर्धारण भएको राष्ट्र बैंकले जनाएको छ।
.jpg)


