मंगलबार, कार्तिक १८ गते २०८३
images
images

इलाम २ को उपनिर्वाचनका लागी तोकियो मुख्य निर्वाचन अधिकृत

एक्सप्रेस पाना
चैत्र २१, २०८० बुधबार
  • 233
    SHARES
  • इलाम २ को उपनिर्वाचनका लागी तोकियो मुख्य निर्वाचन अधिकृत

    काठमाडौं । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।

    images

    निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो ।

    चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
    मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ ।

    images

    उपनिर्वाचनमा भाग लिन आयोगमा २० दल दर्ता भएका छन् भने निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने बताइएको छ ।

    जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ । इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहने छन् । केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन् ।

    निर्वाचन आयोगका अनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ ।