काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ ।
मंगलबार प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै तेजाबी सुन तोलामा १ लाख ३२ हजार ३ सय ५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य ७५ रुपैयाँले बढेर आज चाँदी प्रतितोला १ हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
.jpg)


