मंगलबार, कार्तिक १८ गते २०८३
images
images

विश्वासको मत लिन नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

एक्सप्रेस पाना
चैत्र २१, २०८० बुधबार
  • 221
    SHARES
  • विश्वासको मत लिन नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् ।

    images

    उनले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । पाण्डेले विश्वासको मत लिन नसकेपछि राजीनामा दिएका हुन् ।

    केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो । माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै पाण्डे गत फागुन २३ देखि पाण्डेअल्पमतमा थिए । 

    images