मंगलबार, कार्तिक १८ गते २०८३
images
images

गृहमन्त्री नै नभइ नहुने अडान राखेका व्यक्तिले प्रधानमन्त्रीको प्रस्ताव राखिएको भए किन नखाएको? : विश्वप्रकाश शर्मा

एक्सप्रेस पाना
चैत्र २१, २०८० बुधबार
  • 279
    SHARES
  • गृहमन्त्री नै नभइ नहुने अडान राखेका व्यक्तिले प्रधानमन्त्रीको प्रस्ताव राखिएको भए किन नखाएको? : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिन समिति बनाउनै पर्ने कांग्रेसको अडान रहेको बताएका छन् ।

    images

    बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले यस्तो बताएका हुन् । शर्माले आजदेखि संसदीय समिति गठबनबारे कांग्रेसको अल्टिमेट सकिएको घोषणा गर्दे आगामी बैठकमा सरकारले संसदीय समिति बनाएर आउन माग गरे । 

    उनले भने,"आजबाट हाम्रो अल्टिमेटम सकिएको पनि हामी सुनाउन चाहन्छौँ’,। ‘आज पछाडि आउँदो बैठकमा आउँदै गर्दा सरकारले संसदीय समिति लिएर आओस्। अन्यथा हुनु भएन।’ ‘सुन तस्करी प्रकरणमा पनि न्यायिक छानबिन समिति बनेको थियो। सहकारी ठगी प्रकरणमा पनि हामीले संसदीय छानबिन समिति मात्रै मागेका हौँ। "

    images

    महामन्त्रि शर्माले नयाँ गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी मिसिनु अघि रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरिएको कुरा भ्रममात्रै रहेको जानकारी गराए । उनले गृहमन्त्री नै नभइ नहुने अडान राखेका व्यक्तिले प्रधानमन्त्रीको प्रस्ताव राखिएको भए किन नखाएको? भनेर प्रश्न समेत गरे।

    उनले भने, "अहिले कुनै चालको कुरा छैन। प्रधानमन्त्री पद प्रस्ताव गरिएको छ भन्ने छ भने पनि होइन’, । ‘नेपाली कांग्रेसको सभापति वा महामन्त्रीले निर्णय नगरी कसैलाई प्रधानमन्त्री पदको प्रस्ताव किस्तीमा राखिएर गरिएको छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्छु।’ नाइँ मलाई त्यही गृहमन्त्री चाहिन्छ भनेका मित्रले प्रधानमन्त्रीको प्रस्ताव राखिएको भए किन खानुभएन होलार?। "