मंगलबार, कार्तिक १८ गते २०८३
images
images

गृहमन्त्रीलाई बहसका लागि छानबिन समितिको कार्यालयमा आउन कांग्रेसको आग्रह

एक्सप्रेस पाना
चैत्र २१, २०८० बुधबार
  • 219
    SHARES
  • गृहमन्त्रीलाई बहसका लागि छानबिन समितिको कार्यालयमा आउन कांग्रेसको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बहसका लागि छानबिन समितिको कार्यालयमा आउन आग्रह गरेको छ।

    images

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री लामिछानेलाई बहसका लागि छानबिन समितिको कार्यालयमा आउन आग्रह गरेका हुन्।

    उनले भने, "निमन्त्रणलाई गर्न चाहन्छु माननीय गृहमन्त्रीज्यूलाई । उत्साह छ, उर्जा छ, स्वरमा बोल्नु हुन्छ। बोल्दै गर्दा हामीभन्दा ठूलै स्वरमा पनि बोल्न सक्नु्हुन्छ। आउनुहोस् बहस गर्नका लागि म ठाउँ निर्धारित गर्न चाहन्छु। त्यो  हो नेपाल देशको काठमाडौं जिल्लाको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्रै स्थापना हुने छानबिन समितिको कार्यालयम। तपाईंले दिएको जवाफ हामीले सुनिसक्यौं। सडकबाट सुन्यौं। सभाबाट पनि सुन्यौं। मिडियाबाट पनि सुन्यौं,।अब संसदीय छानबिन समितिमा तपाईंले जवाफ दिन पाउनुपर्छ। तपाईंको हकका लागि म यहाँ उभिएको छु।"

    images