काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताएकी छन् ।
बुधवार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उनले मकैलाई प्रोत्साहन हुनेगरी र वास्तविक किसानहरूलाई पहिचान दिने, उत्साहित गराउने र सहानुभूति दिनेगरी कृषिमा आधुनिकीकरण गर्ने योजना सरकारको रहेको बताएकी हुन् ।
उनले नेपाललाई मकैमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम अघि बढाइने बताइन् ।
उनले भनिन् "अहिले हामी कृषि नीति बनाएको पनि अवस्था छ । जसको नेतृत्व मैले आफैँ गरिरहेको छु । जहाँ २०१५ देखि २०३५ सम्मको कृषि नीति, कृषि नीतिले यस्तो खालको उद्देश्य बोकेको छ, त्यो उद्देश्य यो मकैलाई कृषिमा जतिपनि बालीहरू हुन्छ, कम्तीमा प्रोत्साहन दिनेगरी कार्यक्रमहरू ल्याउने र यो मकैलाई बढुवा दिनेगरी जहाँ नेपालमा जतिपनि खालि जग्गाहरू छ, स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारसँग तीन वटै सरकारसँग जो हामी तीन खम्बे नीतिमा अघि बढ्ने प्रयासमा छौँ । तीन खम्बे नीति जहाँसम्म लाग्छ, निजी, सरकारी, सहकारीको हिसाबले भन्ने हो भने कडाईका साथ कोर्डिनेशन दरोका साथ हामीले हातमा हात मिलाएर जान सकेनौँ भने यो समस्या विकराल बन्ने स्थिति छ । मकैमा आत्मनिर्भर कसरी बनाउने नेपाललाई, त्यसका लागि के काम कारबाही अघि बढाउनुपर्छ ? त्यसमा हामीले जोड दिनुपर्छ ।"
मन्त्री साहले मकै अहिले ९ लाख ८५ हजार हेक्टरमा मकै उत्पादन भइरहेको बताउदै वास्तविक किसानलाई पहिचान गरी १२ वर्षको लागि सहुलियत ऋण दिने व्यवस्था गर्न आवश्यक रहेको बताइन् ।
.jpg)


