मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कांग्रेसलाई स्वर्णिम वाग्लेको प्रश्न आरोप लाग्नासाथ सबैले राजीनामा दिन तयार हो?

एक्सप्रेस पाना
चैत्र २१, २०८० बुधबार
  • 257
    SHARES
  • कांग्रेसलाई स्वर्णिम वाग्लेको प्रश्न आरोप लाग्नासाथ सबैले राजीनामा दिन तयार हो?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले कांग्रेसले गृहमन्त्रीलाई संसदमा जवाफ दिन नदिएको बताएका छन् ।   

    images

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उपप्रधान तथा गृहमन्त्रीमाथि लागेका आक्षेप र उठेका प्रश्नबारे जवाफ दिन नपाउनुले कांग्रेसको व्यवहार असहिष्णु र अनुदारवादी देखिएको बताएका हुन् । 

    उनले भने, "माननीय गृहमन्त्रीजीले तपाईंहरुले यति धेरै आक्षेप लगाउनुभएको छ यो हलभित्र, म रोष्ट्रममा उभिएर जवाफ दिन चाहन्छु भन्दा उहाँलाई निषेध, यो हदसम्मको असहिष्णुता, यो अनुदारवाद कहाँबाट आयो ? कस्तो संस्कृति बसाउन खोज्दैछौं हामीले यो असाध्यै चिन्ताजनक छ’।"

    images

    विगतमा कांग्रेसका मन्त्रीमाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएको विषयमा प्रश्न उठ्दा राष्ट्रिय स्वतन्त्र पार्टीले राजीनामा नमागेको र उनको जवाफ सुन्न तयार भएको उपसभापति वाग्लेले बताए ।

    आरोप लाग्नासाथ राजीनामा दिनुपर्ने र संसदीय छानबिन समिति गठन गर्ने नियम बनाउन कांग्रेस तयार हो भनी उनले प्रश्न समेत गरे ।  

    ‘उनले भने, "संसदीय छानबिन गर्न आपत्ति होइन, कस्तो नजिर स्थापना गर्न गइरहेका छौं भन्ने हामीले विचार गर्नुपर्ने हुन्छ’, । ‘सर्वदलीय सहमति गरौं, आरोप लाग्नासाथ सबले राजीनामा गरौं, मन्त्रीले मात्र होइन, सांसदले पनि राजीनामा गरौं, आरोप लाग्यो, जाहेरी पर्‍यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने यो नजीर स्थापना गर्न तयार हो ?"