काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको संघीय निजामती सेवा विधेयकको डिजाइनु नै गलत भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै उनले सो विधेयकलाई सबै दलहरूले मिलेर उत्कृष्ट बनाउन आग्रह गरे ।
उनले सो विधेयकको उद्देश्य ठिक भए पनि त्यसलाई बोक्ने गरी विधेयक नआएको बताउदै निजामती सेवालाई आधुनिक बनाउनुपर्ने भएकाले पनि सो विधेयकमा व्यापक छलफल आवश्यक भएको उनको भनाई छ ।
उनले भने, "कर्मचारी सेवा सम्बन्धी कानुनलाई संघीयता अनुरुप सञ्चालन गर्नका लागि संघीय निजामती ऐन ल्याइएको छ । म यसको स्वागत गर्छु । हाम्रो प्रशासन प्रणालीलाई सुव्यवस्थित र नतिजामुखी बनाउनका लागि, पेसागत रूपमा सक्षम उच्च मनोबल र नैतिक रूपले उत्तरदायी बनाउने यसको उद्देश्य रहेको छ । उद्देश्य ठिक छ । किनकी हामीलाई मध्यम आय भएको समुन्नत देश बनाउनु पर्नेछ । यो उद्देश्य पूरा गर्नका लागि हामीले जरा चलाउनु पर्छ । तर विधेयकमा प्रस्तावित व्यवस्थाले केबल हाँगाबिँगालाई छिमोल्ने कुरा मात्र गर्छ ।’तर, विधेयकमा प्रस्तावित व्यवस्थाले केवल हांगाबिंगालाई छिमोल्ने कुरा मात्र गर्छ ।"
महामन्त्री थापाले निजामती सेवाका कर्मचारीलाई सन्तुष्ट बनाउने गरी ऐन ल्याउनुपर्ने पनि बताए ।
.jpg)


