मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने

एक्सप्रेस पाना
चैत्र २२, २०८० बिहीबार
  • 239
    SHARES
  • कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने

    काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ ।

    images

    मंगलबार र बुधबार उम्मेदवार तय गर्न बसेको कांग्रेसको संसदीय बोर्डको बैठक अनिर्णित बनेको थियो । 

    कांग्रेस संसदीय बोर्डको बैठक आज बिहान ९ बजेका लागि बोलाइएको छ। 

    images

    संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो ।

    कांग्रेसमा भेषराज आचार्य र डम्बर खड्का इलाम(२ मा मुख्य प्रत्याशीका रूपमा देखिएका छन्। शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेकोमा सभापति शेरबहादुर देउवा सहमत हुन सकेका छैनन्।

    यसैगरि दिउँसो कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने छ ।