काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा थियो।
आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ६० पैसा र बिक्रीदर १४४ रुपैयाँ २४ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ १७ पैसा निर्धारण भएको छ।
आज कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ भने बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ।

.jpg)


