मंगलबार, कार्तिक १८ गते २०८३
images
images

इलाम २ मा माओवादी केन्द्रले एमाले उम्मेदवार सुहाङलाई सघाउने

एक्सप्रेस पाना
चैत्र २२, २०८० बिहीबार
  • 309
    SHARES
  • इलाम २ मा माओवादी केन्द्रले एमाले उम्मेदवार सुहाङलाई सघाउने

    काठमाडौं । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) का उम्मेदवारलाई सघाउने भएको छ ।

    images

    केन्द्रीय गठबन्धनको सहमतिअनुसार माओवादीले एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउने भएको हो ।

    माओवादी केन्द्रबाट इलाम २ मा धिरेन शर्माको नाम सिफारिस भएको थियो । तर, उनलाई नाम फिर्ता लिन लगाएर सुहाङलाई सघाउने निर्णय भएको बताइएको छ । 

    images

    गठबन्धनसम्बद्ध अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मिलन लिम्बू उम्मेदवार छन् भने पहिचानवादीहरूको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार छन् । इलाम २ मा दोस्रो ठूलो दल नेपाली कांग्रेसले उम्मेदवार टुङ्ग्याउन  आज दिउसो बैठक बस्दैछ ।