काठमाडौं । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनको लागी नेपाली कांग्रेसले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ।
कांग्रेसले बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको संसदीय बोर्डको बैठकले उपनिर्वाचन हुने इलाम क्षेत्र नम्बर २ प्रतिनिधसभा र बझाङ १(क) प्रदेशसभाका उम्मेदवारको टुंगो लगाएको हो।
कांग्रेसले इलाम २ मा जिल्ला सभापतिसमेत रहेका डम्बर खड्कालाई उम्मेदवार बनाएको छ भने बझाङमा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ। खड्का गत प्रतिनिधिसभा निर्वाचनमा एमालेका नेता सुवास नेम्बाङसँग पराजित उम्मेदवार हुन्।
नेम्बाङको निधनपछि इलाम २ मा उपनिर्वाचन हुन लागेको हो। त्यस्तै बझाङमा उम्मेदवार बनेका सिंह नेता पृथ्वीबहादुरका छोरा हुन्। उनको गाडी दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन हुन लागेको हो।
.jpg)


