काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८० पैसा थियो।
आज युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा निर्धारण भएको छ।
त्यसैगरी आज अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ४३५ रुपैयाँ १० पैसा निर्धारण भएको छ।
आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ।
.jpg)


