मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बिग्रिने पार्टीहरूको अधिवेशन र महाधिवेशनबाटै मतभेद सुरु हुन्छ:केपी शर्मा ओली

एक्सप्रेस पाना
चैत्र २३, २०८० शुक्रबार
  • 209
    SHARES
  • बिग्रिने पार्टीहरूको अधिवेशन र महाधिवेशनबाटै मतभेद सुरु हुन्छ:केपी शर्मा ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिग्रिने पार्टीहरूको अधिवेशन र महाधिवेशनबाटै मतभेद सुरु हुने बताएका छन्। 

    images

    शुक्रबार पोखरामा आयोजित कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीलेयस्तो बताएका हुन् । 

    "बिग्रिने पार्टीहरूको लक्षण के हुन्छरु अधिवेशन, महाधिवेशनबाट फाटो, विमति, मतभेद सुरु हुन्छ,’ । ‘सप्रिने पार्टीको अधिवेशनबाट एकतावद्ध प्रयास हुन्छ। मिल्ने प्रयास हुन्छ। सिंगै पार्टी समस्या समाधानतर्फ लाग्छ।’ एक लय, एक ताल, एक सुरमा अगाडि बढ्नुस्,’ । ‘अधिवेशनबाट समस्या सुरु होइन, अन्त्य गर्ने हो। नेकपा एमाले त्यही पार्टी हो,"अध्यक्ष ओलीले भने । 

    images

    अध्यक्ष ओलीले आफ्नो जुँगा कालो हुँदै गएको र झरेको कपाल पनि पलाउन थालेको भन्दै अझै २० वर्ष सक्रिय राजनीतिमा रहने उल्लेख गरे।

    उनले भने, "कसैले एमालेबिनाको नेपाल भने कठैबरा माया लाग्छ एमालेबिनाको नेपाल, कसैले केपी ओलीबिनाको एमाले भनेको सुन्दा दया लागेर आउँछु, उनले भने,केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला। मैले पोहोर परारै पनि भनेको थिएँ। जुँगा काला;काला भएका छन्। मेरो सबै झरेको कपाल पलाउन थालेको छ। रोपेको होइन, आफैं पलाउन थालेको छ। अस्ति नै भनिसकेँ २० वर्षजति अरू कसैले आश नगरे हुन्छ।"

    उनले एमालेलाई कमजोर पार्ने गरी प्रयास भए पनि त्यो सफल नभएको बताए।