काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुढीगण्डकी जलविद्युत आयोजना चाँडै शिलान्यास गर्नेगरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका छन्।
शुक्रबार पत्रकारसँगको संक्षिप्त छलफलमा प्रधानमन्त्री दाहालले बुढीगण्डकी जलासयुक्त आयोजनासँग सम्बन्धित निकायलाई तीब्ररूपमा आयोजनाका कामलाई अगाडि बढाउन निर्देशन दिएको जानकारी दिएका हुन्।
जिल्लाको विकास निर्माणमा आफूले विशेष ध्यान दिएको बताउँदै प्रधानमन्त्री दाहालले भौतिक पूर्वाधार एवं पार्क निर्माणका लागि पनि आफूले बजेट व्यवस्था गर्ने उल्लेख गरे।
प्रधानमन्त्री दाहालले भने,"गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ। जलविद्युत,जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु यो पटक जनताले बुझ्नेगरी बजेट बिनियोजन हुनेछ। "
सरकारले सुशासन र सामाजिक न्यायमा विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसबीचमा सरकारले महत्त्वपूण काम गरेको स्पष्ट पारे।
.jpg)


