मंगलबार, कार्तिक १८ गते २०८३
images
images

उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता

एक्सप्रेस पाना
चैत्र २४, २०८० शनिबार
  • 205
    SHARES
  • उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता

    काठमाडौं । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुदैँछ । 

    images

    इलाम-२ मा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभाको उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो । 

    निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ ।

    images

    आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ ।