मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रधानमन्त्री दाहाल दक्षिण कोरिया भ्रमणको तयारीमा

एक्सप्रेस पाना
चैत्र २४, २०८० शनिबार
  • 240
    SHARES
  • प्रधानमन्त्री दाहाल दक्षिण कोरिया भ्रमणको तयारीमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरियाको भ्रमण गर्ने बताएका छन् ।

    images

    शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरणसहित बिदाई गर्दै उनले यस्तो बताएका हुन् । 

    दाहालले राष्ट्रसंघको अधिवेशनको समयमा कोरियाका राष्ट्रपति योन सुक योलसँगको भेटमा दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने र सहयोगको क्षेत्रलाई अझ विस्तार गर्नेकुरामा छलफल भएको बताए । सोही समयमा दक्षिण कोरियका राष्ट्रपति योलले भ्रमणको निम्तो दिएको बताउँदै प्रधानमन्त्री दाहालले निमन्त्रणालाई स्वीकार गरेर कोरिया जाने तयारीमा रहेको बताएका हुन् । 

    images

    उनले दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा संयुक्त आरोहणले नेपाल र कोरियाको सम्बन्धलाई अझ सुदृढ बनाउने र पर्यटन प्रवर्द्धनमा पनि ठूलो भूमिका खेल्ने बताए ।