आइतबार, कार्तिक १६ गते २०८३
images
images

माओवादी नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 366
    SHARES
  • माओवादी नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान

    असोज १३ काठमाडौं । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।

    images

    जण्डिसको वंशाणुगत समस्या भएका उनलाई थप समस्या देखिएपछि उपचारका लागि बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेका हुन् । पुनले थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी रहेको उनको सचिवालयले जनाएको छ । 

    नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड गएकी हुन् । पुनले यसअघि  सुमेरु अस्पतालमा उपचार गराएका थिए।  पुनले २०७२ मा पनि थाइल्याण्डमा उपचार गराएका थिए।

    images