मंगलबार, कार्तिक १८ गते २०८३
images
images

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

एक्सप्रेस पाना
चैत्र २५, २०८० आइतबार
  • 258
    SHARES
  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्  । 

    images

    प्रदेशप्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८(२) बमोजिम अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न आज निवेदन बुझाएका थिए ।

    images

    नेता अधिकारीले एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन  पाएका छन् । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।

    गत बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले यही चैत २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी गर्न समय दिएका थिए ।