काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख चार राजनीतिक दलका शीर्ष नेताको बैठक बोलाएका छन्।
सोमबार बिहान साढे ११ बजे सभामुखको कार्यकक्ष सिंहदरवारमा बस्नेगरी सभामुख घिमिरेले बैठक बोलाएका हुन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेतालाई आमन्त्रण गरिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामेछानेको संलग्नता दावी गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएका छन् ।
.jpg)


