काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।
संवैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्म निरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा वृहत प्रदर्शन गर्न लागेको हो ।
अपरान्ह भृकुटीमण्डपबाट प्रारम्भ हुने उक्त प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ ।
राप्रपाले आजको प्रदर्शनमा ५० हजार भन्दा बढीलाइ उतार्ने दावी गरेको छ ।
राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको थियो । जसमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नुपर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनु पर्ने लगायतका माग रहेका छन् ।
.jpg)


