काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सयले बढेर प्रतितोला १ लाख ३६ हजार ३ सय पुगेको छ । यो हालसम्मकै उच्च हो ।
यस्तै तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
.jpg)


