काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उमेदवारी दिएकी छन् ।
उनले मंगलबार उमेदवारी दर्ता गराएकी हुन् ।
पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् । उनि गत माघमा राष्ट्रियसभामा निर्वाचित भएकी थिइन् । महिला क्लस्टरका सातजनामध्ये वाग्मती प्रदेशबाट पुडासैनी निर्वाचित भएकी हुन् ।
पुडासैनी ७३ वर्षीया सांसद हुन् । संघीय संसद् सचिवालयले उनको उमेदवारी दर्ता गराएका हुन् ।
.jpg)


