मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सहकारीमा लाखौं बचतकर्ता ठगिएका छन् उनिहरुले न्याय पाउनुपर्छ : नेपाली कांग्रेस

एक्सप्रेस पाना
चैत्र २७, २०८० मंगलबार
  • 267
    SHARES
  • सहकारीमा लाखौं बचतकर्ता ठगिएका छन् उनिहरुले न्याय पाउनुपर्छ : नेपाली कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्रि शेरबहादुर देउवाले सहकारीमा लाखौं बचतकर्ता ठगिएकाले उनिहरुले न्याय  पानुपर्ने बताएका छन् । 

    images

    मंगलबार नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दल बैठकमा सभापति देउवाले सहकारीमा बचत गरेको पैसा लाखौं बचतकर्ताहरूले फिर्ता नपाएको गुनासा आएको बताएका हुन् । 

    उनले भने,"देशका विभिन्न सहकारीमा लाखौं बचतकर्ताले गरेको बचत ठगी गरेको अवस्था छ, उनीहरूलाई न्‍याय दिलाउन हामी लाग्नुपर्छ, । ‘गृहमन्त्री रवि लामिछानेविरूद्ध पनि धेरै प्रमाण छन्, यसबारे संसदीय छानबिन समिति बनाउनैपर्छ।"

    images

    उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले निष्पक्ष छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान राखिरहेको छ।

    संसदीय दल बैठकले सहकारी प्रकरणबारे संसदीय छानबिन समिति आवश्यकता रहेको निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले बताए।