काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागी स्थिगित गरिएको छ ।
बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेका थिए ।
सभामुखको अनुमतिले कांग्रेसकी सांसद सुशीला थिङलाई समय दिएका थिए । सांसद थिङले सहकारी प्रकरण बारे कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय समेत संसद्मा सुनाइएकी थिइन् ।
सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गर्दै अवरोध गरेका थिए । त्यसपछि सभामुखले बैठक १५ मिनेटको लागी स्थगित गरेका हुन् ।
.jpg)


