काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गृहमन्त्रीमाथि छानविनको लागि संसदीय समिति नबनेसम्म संसदमा कांग्रेसले अवरोध गरिरहने बताएका छन्।
बुधबार बिहान एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गृहमन्त्री लामिछाने जोडिएको सहकारी घोटाला प्रकरणको संसदीय छानविन हुनुपर्ने पार्टीको बटम लाइन भएको बताएका हुन्।
प्रधानमन्त्रीले नै सर्वोच्च अदालतले दिने जसरि फैसला सुनाउन थालेको बताए।
उनले भने, "सहकारी संस्थाको रकम अपचलनको विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठेकाले उनले राजीनामा तत्कालै राजीनामा दिनुपर्छ,’ । ‘गृहमन्त्रीले राजनीनामा दिएपछि संसदीय छानबिन समितिले निकाल्ने निष्कर्षका आधारमा अघि बढ्न कांग्रेस तयार छ।"
बजेट निर्माणको क्रममा विवादमा मुछिएका पूर्वअर्थमन्त्री जनार्दन शर्माले पनि पदबाट राजीनामा दिएको र संसदीय छानबिन समितिबाट सफाइ पाएपछि पदमा फर्किएको उदाहरण दिँदै उनले राजीनामा दिएर छानबिनमा सघाउन गृहमन्त्रीलाई सुझाव दिए।
.jpg)


