मंगलबार, कार्तिक १८ गते २०८३
images
images

अर्थतन्त्र सुधारको प्रक्रियालाई तीव्रता दिन थप दृढताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध छ :प्रधानमन्त्री

एक्सप्रेस पाना
चैत्र २८, २०८० बुधबार
  • 194
    SHARES
  • अर्थतन्त्र सुधारको प्रक्रियालाई तीव्रता दिन थप दृढताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध छ :प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार र निजी क्षेत्रबाट हुने लगानीलाई वृद्धि गर्नुका साथै लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

    images

    बुधवार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले लगानी सम्मेलनलाई प्रभावकारी र परिणाममुखी बनाउन सरकार ठोस गृहकार्य र तयारीसहित अगाडि बढेको बताएका हुन । 

    उनले भने,‘सरकार र निजी क्षेत्र दुवैबाट हुने लगानीलाई वृद्धि गर्नुपर्ने साथै लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता छ । यही वैशाख १६ र १७ गते आयोजना गरिएको लगानी सम्मेलनलाई अधिकतम प्रभावकारी र परिणाममुखी बनाउन सरकार ठोस गृहकार्य र तयारीसहित अगाडि बढेको छ ।’

    images

    प्रधानमन्त्री दाहालले चुनौतिको समाधान गर्न सरकारले आवश्यक परे अध्यादेश नै ल्याएर भएपनि लगानी भित्राउन प्रतिकूल देखिएका ऐनहरू संशोधन गरी लगानीका लागि सरलीकृत नीति र प्रक्रियाका तयारी गरिएको उल्लेख गरे ।

    ‘सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएका छन् । पर्यटक आगमन, विदेशी मुद्राको सञ्चिति, विप्रेषण, कुल गार्हस्थ्य उत्पादन, भुक्तानी सन्तुलन लगायत अर्थतन्त्रका आधारभूत सूचकांकहरू सकारात्मक हुँदै जानु हाम्रा लागि सुखद् कुरा नै हो । यद्यपि, हाम्रो मेहेनत, राष्ट्रिय आकांक्षा र आवश्यकताअनुरूप अर्थतन्त्रले अपेक्षित प्रगति लिन सकेको छैन । अर्थतन्त्र सुधारको प्रक्रियालाई तीव्रता दिनका लागि थप दृढताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध छ,प्रधानमन्त्री दाहालले भने ।

     वित्तीय प्रणालीको स्वस्थ र सबल नियमनलाई उच्च प्राथमिकतामा राखी निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरणका निम्ति सरकारको तर्फबाट आवश्यक सहजीकरण र व्यवस्थापन गरिने उनको भनाइ छ ।