मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आफ्नै पार्टीको मन्त्री ठगिएँ भन्दा पनि गृहमन्त्रीको ध्यान गएको छैन: रामहरि खतिवडा

एक्सप्रेस पाना
चैत्र २८, २०८० बुधबार
  • 235
    SHARES
  • आफ्नै पार्टीको मन्त्री ठगिएँ भन्दा पनि गृहमन्त्रीको ध्यान गएको छैन: रामहरि खतिवडा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नै पार्टीका मन्त्री ठगिएँ भन्दा पनि गृहमन्त्रीको ध्यान नगएको भन्दै टिप्पणी गरेका छन् ।

    images

    बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्री डीपी अर्यालले सहकारीबाट ठगिएँ भन्दा पनि गृहमन्त्रीको ध्यान नदिएको बताएका हुन् । 

    उनले भने,"एक जना मन्त्रीले मेरो २३ लाख रुपैयाँ ठगी भयो सहकारीमा भन्नुभएछ । गृहमन्त्रीलाई आफ्नै मन्त्रीले ठगी भयो भनेर भन्दा पनि गृहमन्त्रीको ध्यान गएको छैन । कसले छानविन गर्ने हो त ? संसदीय समितिले नबने पछि । मेरो पैसा उठाइदिए २÷३ लाख दिन्थेँ भन्नु भएको रहेछ । पैसा उठाउँदा पनि पैसा दिनुपर्ने । कस्तो कुरा मन्त्रीले गरेको हो ?" ।

    images

     गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको निश्पक्ष छानविन गर्नका लागि संसदीय समिति गठन हुनुपर्ने कांग्रेसको माग रहेको उनले बताए ।