काठमाडौं । प्रतिनिधि सभा बैठक वैशाख २ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र राप्रपाको अवरोधका कारण बुधबार संसद बैठक चल्न सकेन ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै सदन अवरुद्ध गरेको हो भने राप्रपाले आफ्नो प्रदर्शनमा गृहमन्त्रीको निर्देशनबाट दमन भएको भन्दै गृहमन्त्रीको राजीनामा मागिरहेको छ ।
.jpg)


