मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कृषिलाई नेपालको अर्थतन्त्रको जगको रूपमा अघि बढाउन आवश्यक छ:माधवकुमार नेपाल

एक्सप्रेस पाना
चैत्र २८, २०८० बुधबार
  • 230
    SHARES
  • कृषिलाई नेपालको अर्थतन्त्रको जगको रूपमा अघि बढाउन आवश्यक छ:माधवकुमार नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषिलाई नेपालको अर्थतन्त्रको जगको रूपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् । 

    images

    बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले कृषिक्षेत्र नेपालको अर्थतन्त्रको आधारशिला भएको बताएका हुन् । 

    उनले कृषि, पर्यटन, उद्योग र जल क्षेत्रमा नेपाल सम्पन्न रहेको तर आवश्यक व्यवस्थापन गर्न नसकेको बताए । 

    images

    उनले माछामासुमा नेपाल आत्मनिर्भर हुनसक्ने भए पनि अहिले त्यसतर्फ आवश्यक चासो दिन नसकिएको उल्लेख गदैं कृषकलाई प्रोत्साहन गर्नेगरी सरकारले नीति निर्माण गर्न आवश्यक रहेको बताए । 

    पूर्वप्रधानमन्त्री नेपालले असल मनशायले काम गर्ने नागरिक उत्साहित हुन नसकेको बताए । देशमा सुशासनको ठूलो समस्या विद्यमान रहेको उनको जिकिर छ । उनले लगानीलाई ठूलो मात्रामा आकर्षित गर्न नसकेको बताए । विद्युतको खपत उद्योगमा बढी हुन जरुरी रहेको उनको धारणा छ ।