काठमाडौं । बुधबार नेप्से सूचक दोहोरो अंकले घटेको छ ।
आज १०.७१ अंकले घटेर २ हजार २५.३० अंकमा बन्द भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
आज ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको ८६ लाख ९६ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
कूल २४५ कम्पनी मध्ये आज ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको घटेको छ र ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
.jpg)


