मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

एक्सप्रेस पाना
चैत्र २८, २०८० बुधबार
  • 238
    SHARES
  • कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

    काठमाडौं ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिएका छन् । 

    images

    प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    एमाले संसदीय दलका नेता समेत रहेका कँडेल मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

    images

    उनलाई नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थनले समर्थन गरेको छ ।

    सत्ता गठबन्धनमा भएको भागबन्डा अनुसार एमालेलाई कर्णालीको नेतृत्व परेपछि माओवादी केन्द्रबाट निर्वाचित भएका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएर कँडेलका लागि बाटो खोलिदिएका थिए ।

    सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्र (१३) र एकीकृत समाजवादी (१) ले समर्थन गरेपछि कँडेलले मुख्यमन्त्रीमा मंगलबार दाबी पेश गरेका थिए ।