काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिन आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ। महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। तर विश्वासको मत लिनुअघि नाउपा, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र सांसदले पूर्व सहमति पालना नगरको भन्दै विश्वासको मत नदिने बताएका छन् ।
महराले अहिले अहिले एमालेका एक, माओवादी केन्द्रका एक र जनता समाजवादी पार्टीका एक जनालाई मन्त्री बनाएका छन्।
.jpg)


