मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सरकारकै गैर जिम्मेवारीको कारण संसद् सुचारु हुन सकेको छैन्: प्रकाशमान सिंह

एक्सप्रेस पाना
चैत्र ३०, २०८० शुक्रबार
  • 213
    SHARES
  • सरकारकै गैर जिम्मेवारीको कारण संसद् सुचारु हुन सकेको छैन्: प्रकाशमान सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदीय छानबिन समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि नै प्रहार गरेको बताएका छन्।

    images

    शुक्रबार नयाँ बानेश्वरमा आयोजित कार्यक्रम बोल्दै नेता सिंहले सरकारका मन्त्रीहरूका बारेमा प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यास भित्र पर्ने बताए । 

    उनले भने, "सरकारले संसद् सुचारु गराउन चाहेको छैन। जबसम्म सरकार संसदीय छानबिन समिति बनाउँदैन तबसम्म कांग्रेस आफ्नो मुद्दाबाट ब्याक हुँदैन"।

    images

    उनले अर्बौ रकम हिनामिना भएको सहकारी प्रकरणमा कांग्रेस आवाज उठाउँदा कांग्रेसमाथि आरोप लागे पनि जनताको रकम हिनामिनाको एजेन्डा बोक्नपछि नहट्ने समेत बताए।

    अहिले कांग्रेसको कारण नभई सरकारकै गैर जिम्मेवारीकै कारण संसद् सुचारु हुन नसकेको उनको भनाइ छ।