मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको छ: राजेन्द्र लिङदेन

एक्सप्रेस पाना
चैत्र ३०, २०८० शुक्रबार
  • 361
    SHARES
  • राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको छ: राजेन्द्र लिङदेन

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीलाई अब कसैले नजरअन्दाज गर्न नसक्ने बताएका छन्। 

    images

    शुक्रबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै लिङदेनले त्यस्तो बताएका हुन्। 

    अध्यक्ष लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट केही साथीहरु घाइते हुने दुःखद घटना भएपनि समग्रमा प्रदर्शन सफल भएको बताए । 

    images

    जनप्रदर्शनबाट पार्टी र एजेण्डाको पक्षमा सकारात्मक सन्देश गएको, राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको उनको भनाई थियो।

    उनले प्रदर्शनमा सहभागी सम्पूर्णमा धन्यवाद दिएका छन्। कार्यसम्पादन समिति सदस्यहरुले आफ्नो धारणा दिने क्रम जारी छ।