काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
शुक्रबार उनीहरुबीच उपनिर्वाचन र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
दुई नेताहरूबीच सत्ता गठबन्धनभित्र रहेका दलहरूले उठाएको विषयदेखि आज बस्ने मन्त्रिपरिषद्को बैठकसम्म छलफल भएको छ । मन्त्रिपरिषद् बैठक बस्नुअगाडी दाहालले ओलीसँग छलफल गरेका हुन् ।
बैशाख १५ गते प्रतिनिधि सभा सदस्यतर्फ इलाम–१ र प्रदेश सभा सदस्यतर्फ बझाङ–१ ९१०मा उपनिर्वाचन हुँदैछ ।
.jpg)


