काठमाडौं । सत्ता साझेदार नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।
बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने गरी बोलाइएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार बैठकमा तीन वटा विषयमा छलफल हुने बताइएको छ । एमालेले वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । ललितपुरको गोदावरीमा बस्ने परिषद् बैठकमा करिब दुई हजार ५०० सहभागी हुनेछन् । बैठकमा ६ वटा दस्तावेज पेश गर्ने तयारी रहेको छ ।
आजको सचिवालय बैठक त्यसैको तयारीका लागि रहेको स्थायी कमिटी सदस्य समेत रहेका प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।
वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम(२ मा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो । इलाम(२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । आजको बैठकले उपनिर्वाचनको तयारी लगायतको विषयमा पनि निर्णय गर्ने गौतमले जानकारी दिए ।
.jpg)


