आइतबार, कार्तिक १६ गते २०८३
images
images

परराष्ट्रमन्त्रीले लिएको शपथ बदर गर्न सर्वोच्चमा रिट

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 530
    SHARES
  • परराष्ट्रमन्त्रीले लिएको शपथ बदर गर्न सर्वोच्चमा रिट

    असोज १३ काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिएको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। अधिवक्ता विशाल न्यौपानेले आज राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवालगायतलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा कानून निर्माण नगरी गरिएको शपथ असंवैधानिक भएको उल्लेख गरिएको छ।

    images

    कानूनले परिकल्पना गरेको कुनै ढाँचाबिना असंवैधानिक तरिकाले शपथ गराइएको रिट निवेदनमा भनिएको छ। संविधानबमोजिम कानून बनाई शपथ नलिएसम्म मन्त्रीको हैसियतमा काम नगर्न आदेशको माग रिट निवेदनमा गरिएको छ। उक्त रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी बुधबारका लागि तोकिएको छ।