मंगलबार, कार्तिक १८ गते २०८३
images
images

देशमा राजतन्त्र फर्काउने कुरा सम्भव छैन् :सभापति देउवा

एक्सप्रेस पाना
बैशाख २, २०८१ आइतबार
  • 273
    SHARES
  • देशमा राजतन्त्र फर्काउने कुरा सम्भव छैन् :सभापति देउवा

    काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा सम्भव नभएको बताएका छन । 

    images

    आइतबार काठमाडौंमा स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

    ‘बहुदलीय व्यवस्था मात्रै होइन, हुँदाहुँदा राजा नै गए । अब ति राजा पनि मरे । उनका छोराछोरीहरु सबै मरे । अर्को राजा आएपछि त झन उ चाहीँ आफैँ गए । तर अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले’,। ,‘उनी पनि अहिले टिक्न नसकेर हट्नुप¥यो । त्यसैले यस्तो अहिलेको यो नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनुप¥यो भनेर मान्छेहरु हिँड्दैछन् । राजा फर्किन्छ भन्ने होइन ।’

    images

    उनले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्ने बताउदै सभापति देउवाले बहुदलीय व्यवस्था ल्याउनका लागि स्व.थापाको महत्वपूर्ण भुमिका रहेको बताए ।

    ‘यो व्यवस्थालाई सुदृढीकरण गर्दै जानुपर्छ । हिजो बन्दुक उठाएकाहरु पनि अहिले बहुदलीय व्यवस्थालाई मानेर आएको छ । युद्धलाई सबैले छोडेको छ’उनले भने, ‘त्यसकारण को सरकारमा छ, को छैन भन्दा पनि महत्वपूर्ण कुरा बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यकता छ । बलियो बनाउन आवश्यकता छ ।’