काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ ।
सेयर बजार अन्तिमसम्ममा २.३५ अंकले घटेर २०२३ अंकमा पुगेर बजार बन्द भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
आज १२७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै १० कम्पनीको सेयर मूल्य स्थिर कायम भएको छ ।
आज ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको ७७ लाखभन्दा बढी कित्ता सेयर किनेबच भएको छ ।
.jpg)


